चन्द्रागिरी नगरपालिकाले राजमार्गमा ढाट राखेर गुर्जधारामा कवाडी कर उठाउन थालेको छ।
कवाडी कर उठाउनका लागि नगरपालिकाले पाण्डेय ट्रेडर्सलेलाई ठेक्का दिएको थियो। कवाडी करवापत पाण्डे ट्रेडर्सले ११ हजार ५ सय ४० रुपैयाँ कर असुल्दै आएको छ।
चन्द्रागिरी नगरपालिकाले पाण्डे ट्रेडर्सलाई कवाडी कर उठाउन दिएता पनि सर्वोच्च अदालतले भने कर नलिन र लिन नलगाउन अन्तरिम आदेश दिएको थियो। तरपनि चन्द्रागिरी नगरपालिकाको स्वीकृतिमा पाण्डेय ट्रेडर्सले कर उठाइरहेको व्यवसायीहरुले बताएका छन्।
कवाड व्यवसाय समाजका अध्यक्ष रामकेवल शाह रौनियारले गुर्जुधारामा ढाँट राखेर कर उठाउन सुरु गरेको विषयप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
'सर्वोच्च अदालतले दिएको आदेशको विपरित गएर कर उठाउन सुरु गरेको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,' रौनियारले भने।
कवाडीमा कर असुल्ने विषयमा अदालतमा विचाराधिन रहेको भन्दै उनले नियम मिचेर नगरपालिकाले कर असुल्न बन्द गर्न अनुराेध गरे।
उनकाअनुसार व्यवसायीहरुले हरेक महिना आन्तरिक राजस्व कार्यालयमा १३ प्रतिशत भ्याट र प्रत्येक वर्ष ३० प्रतिशत आयकर बुझाउँदै आइरहेका छन्। कर असुल्ने काम तत्काल बन्द गर्न समेत उनले आग्रह गरे।