काठमाडौं म्यारियट होटलको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। यो होटलमा नयाँपन दिन खोजिरहेको होटलका जनरल म्यानेजर फाबियन मार्टिनेजले बताए।
होटलले स्थानीय र अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिइरहेको छ। उनले विभिन्न अफरहरु र फुड उत्सव मनाउँदै आएको जानकारी दिए।
होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस पनि खोलेको छ। ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको मार्टिनेजले बताउँछन्।