कोभिड– १९ को भ्याक्सिन लगाउनेले चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन्।
उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने छ।
बिहीबारबाट सुरु हुने यो योजना जेठ १७ सम्म लागू हुने कम्पनीको भनाइ छ।
ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायतका पूर्वाधार सम्पन्न गरेको छ।
केवलकारमा जान र आउन साधारणतया प्रतिव्यक्ति ७ सय रुपैयाँ टिकट खर्च लाग्दछ।
बच्चा र ३ फिटसम्म उचाइ भएकालाई निशुल्क, ३ देखि ४ फिटसम्मको उचाइ भएकालाई ४० प्रतिशत छुट, अपांगता भएकालाई ५० प्रतिशत छुट, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई २५ प्रतिशत छुट हुँदै आएको छ।