गोदरेजले आफ्नो नयाँ उत्पादन भिरोशिल्ड नेपाली बजारमा ल्याएको छ। गोदरेज होम अपलाइन्सेसले आफ्नो यो नयाँ उत्पादन बजारमा ल्याएको हो।
डिसइन्फेक्टका लागि प्रयोग हुने यो उपकरण कम्पनीले कोरोना महामारी सुरु भएपछि उत्पादन गरेको हो। यसले २ देखि ६ मिनेटभित्र डिसइन्फेक्ट गर्नसक्ने क्षमता राख्ने कम्पनीले जानकारी दिएको छ।
यो यन्त्रमा खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल,पर्स, घडी, चस्मा, चाबी, जुत्ता, किताबजस्ता सामग्री डिसइन्फेक्ट गर्न सकिने कम्पनीले जानकारी दिएको छ।