कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ। यसको मूल्य २५ रुपैयाँ मात्रै तोकिएको छ। नयाँ बोतलको डिजाइन नेपाली उपभोक्ताका लागि गरिएको कम्पनीको भनाइ छ।
यो बोतलमा नेपाली भाषामा लेखिएको कोका–कोलाको लोगोले उपभोक्ता आकर्षण हुने कम्पनीको विश्वास छ।
कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भ आरजिबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो।
आरजिबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा पाइन्छ। जुन काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलहरुमा पाइने कम्पनीले बताएको छ।