सपिङ बजार दराजले फ्रन्टलाइनमा काम गर्नेलाई कोभिड खोप दिन सुरु गरेको छ।
गत हप्ता देशभरिका आफ्ना कर्मचारीलाई खोप लगाइसकेको कम्पनीले जानकारी दिएको छ।
यसले उनीहरुलाई सुरक्षित राख्न मद्दत पुग्ने दराजको विश्वास छ।
कोभिड–१९ महामारी सुरु भएदेखि इ–कमर्स कम्पनी र फ्रन्टलाइनमा काम गर्नेलाई आवश्यक सुरक्षाका साधन उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले स्वास्थ्य सेवा विभाग को सहयोगमा खोप कार्यक्रम संचालन गर्न पाउँदा निकै खुसी लागेको बताए।