काठमाडौंको चावहिलस्थित केएल टावरमा भ्याली एक्सप्रेसले छैठौं शाखा खोलेको छ।
स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा सुरु भएको हो।
भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको भ्याली ग्रुपका प्रवन्ध निर्देशक बाबुराजा रावलले जानकारी दिए।
नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्री उत्पादन गर्ने लक्ष्यमा साथ र सहयोगको अपेक्षा गरेको रावलले बताए।
सुरुमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको कम्पनीले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योगसमेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रुपमा सञ्चालन गरिरहेको छ।
भ्याली ग्रुपले अहिले मासुजन्य व्यापारसँग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालन गरिरहेको छ।
चितवनबाट व्यवसाय सुरु गरेको कम्पनीले बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण शुरु गरेको थियो।