दशैंलाई मध्यजनर गर्दै नेपाली बजारमा सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन बजारमा सार्वजनिक गरेको छ।
एरो स्ट्रोङ नामक मदिरा सुर्य ब्लेडर प्रालिले बजारमा ल्याएको हो।
यो मदिरा उच्चस्तरिय ग्रेन स्प्रीट र शुद्धपानीको मिश्रणबाट बनेको कम्पनीले दाबी गरेको छ। यो मदिरामा १७ दशमलव ११ प्रतिशत अल्कोहलको भोलुम छ।
यसमा पानी तथा केही नमिसाइ पिउन मिल्ने संचालक पुजन लाल श्रेष्ठले जानकारी दिए। यो मदिरा बियर भन्दा कडा र अन्य ह्विस्की, रम भन्दा नरम स्वादको रहेको उनले बताए।
सुर्य ब्लेडर प्रालि तनहुँमा संचालित छ।