औषधी व्यवस्था विभागले योगगुरु रामदेवको कम्पनीले भारतमा उत्पादन भई नेपालमा बिक्रीवितरण हुँदै आएका ६ प्रकारका औषधीमाथि प्रतिबन्ध लगाएको छ। बजार अनुगमनको क्रममा गुणस्तरहिन देखिएको भन्दै विभागले तत्काल बजारबाट फिर्ता गर्न उत्पादक, आयातकर्ता तथा व्यपारीलाई निर्देशन पनि दिएको छ।
यसअघि नै चार प्रकारका औषधीमाथि प्रतिबन्ध लगाएको विभागले योपटक थप ६ औषधीमाथि प्रतिबन्ध लगाएको हो।
दिव्य फार्मेसी उत्तराखण्ड भारतबाट उत्पादन हुने अमला चुर्ण, दिव्यगसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण नामक औषधी माईक्रोवेल टेष्टको क्रममा गुणस्तरहिन पाइएको विभागले जानकारी दिएको छ।