राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको संचालनमा रहेको एकमात्र बोइङ ‘बी ७५७’ चारदिनदेखि ग्राउन्डेड भएको छ। तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमको ‘९एन–एसीबी’ नेपाली कलसाइन भउको बोइङ ग्राउन्डेड हुँदा दुई विमानबाट मात्र सेवा दिइरहेको छ।
आइतबार दोहा उडानमा जान तयार भएको विमानमा प्राविधिक समस्या आएपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो। चारदिन भइसक्दा पनि उक्त विमानको मर्मत सम्भारमा ढिला गरिएको स्रोतले जानकारी दिएको छ।
ग्राउन्डेड भएको ४८ घण्टाभित्र मर्मत भइसक्नुपर्ने भएपनि हालसम्म उक्त विमान थन्किएको छ। स्रोतका अनुसार इन्जिको बाहिरी भाग जसलाई ‘सि डक्ट’ भनिन्छ उक्त डक्ट राखेपछि त्यसलाई छेकेर राख्ने बोल्ट नै त्र्mयाक भएको पाइएपछि विमान उडान नमिल्ने भएको हो।
निगमको मर्मत कम्पनी ९एमआरओ० सिंगापुरमा रहेको छ। उक्त कम्पनीले खबर पाएको ४८ घण्टाभित्र पाटपुर्जा उपलब्ध गराइसक्नुपर्ने भएपनि हालसम्म विमान बन्न बन्न सकेको छैन।
निगमसँग भएको अर्को बोइङ बिक्री गर्ने भएपछि यो बोइङ पनि ग्राउन्डेड हुँदा दुईवटा एयरबसमा सिमित भएको निगमका उडान अबरुद्ध भएका छन्। यही विमानलाई हरेक पाँचहजार घण्टा उडेपछि गर्नुपर्ने चेकजाँचको लागि एकमहिना समय लाग्ने भन्दै निगमले भुटान एयरलाइन्ससँग विमान भाडामा लिने निर्णय गरिसकेको छ।
भुटान एयरलाइन्ससँग सम्झौता हुन भने बाँकी रहेको छ। सामन्यतया यस्तो चेक एक महिनाभित्र सकिने भएपनि पहिले ४५ दिन र फेरि थपेर ६० दिनसम्म भाडामा लिनसक्नेगरी निगमले भुटानको विमान भाडामा लिन लागेको छ। उक्त विमान जुलाई २० मा मर्मतको लागि सिंगापुर लिने कार्यक्रम रहेको छ।