वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्वको लागि समाबेसी लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट प्यानल घोषणा भएको छ। हालका अध्यक्ष विमल ढकाल फेरि अध्यक्षको दावी गर्दै प्यानल घोषणा गरेका छन्।
ढकालको प्यानल औपचारिकरुपमा आज कार्यक्रम गरी सार्वजनिक गरिने लोकतान्त्रिक वैदेशिक रोजगार मंचका वरिष्ठ उपाध्यक्ष ऋषी शर्माले जानकारी दिए।
मधेसी व्यवसायी फोरम मंच, ललितपुर संघको समर्थन रहेको यो समबेसी प्यानलको तर्फबाट पूर्ण प्यानल घोषणा गरिएको शर्माले जानकारी दिए।
यही असार ३० हुने भनिएको साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने छ। यसअघि रोहन गुरुङको प्यानल घोषणा भइसकेको छ।
यस्तो छ प्यानलःअध्यक्षः बिमल ढकाल
प्रथम उपाध्यक्षः प्रज्ञान न्यौपाने
द्वितिय उपाध्यक्षः भुवनसिंह गुरुङ
तृतिय उपाध्यक्षः नवलकिशोर यादव
महासचिवः सुजित श्रेष्ठ
सचिवः बिनोदजंग केसी
कोषाध्यक्षः राधिका कटुवाल
सदस्यः
भोजराज भुषाल
मेघनाथ भुर्तेल
इन्दिरा गुरुङ
कुमारबाबु श्रेष्ठ
दिनेश राय
मोहम्मद जब्बरदिन मिया(मुन्ना)
सर्वधन तामाङ
गुलेन्द्र प्रसाद अम्माई(जीपी)
सुरज केसी