पर्यटकको चहपहल बढी हुने काठमाडौंको दरबारमार्ग, ठमेल र पोखराको लेकसाइडमा २४ घण्टा बजार खुल्ने भएकाे छ।
यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएकाे छ।
गृह मन्त्री जनार्दन शर्माले आज सर्वाजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने बताएका छन्।
पर्यटकको आवागमनलाई सहज बनाउन रातिको समयमा पनि बजार खुल्ने व्यवस्था मिलाइने गृहमन्त्री शर्माले बताए।
‘ठमेल, दरवारमार्ग, पोखराको लेक साईड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने।
यसअघि काठमाडौंको ठमेल लगायतका स्थानमा राति १२ बजेभन्दा पछाडि खोल्न पाइदैन। प्रशासनले सुरक्षा दिन नसकिनेभन्दै राति अबेरसम्म बजार पसल खुल्ला नराख्न उर्दि जारी गर्दै आएको थियो।
पर्यटकिय क्षेत्रमा रात्रिकालिन सेवा संचालन हुँदा व्यवसायीको आम्दानी बढ्ने तथा पर्यटकको इन्ज्योय पनि बढ्ने भएपनि सरकार आफैले बन्द गराउँदै आएको थियो।