आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय सङ्कुचित हुँदै गइरहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।
विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाबारे जानकारी गराउने उद्देश्यले आयोजित “प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण” बिषयक तालीमको समापनका अवसरमा उनीहरुले सो कुरामा जोड दिएका छन् ।
सो अवसरमा सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाले तालीमले आयात निर्यात प्रवद्र्धनका क्षेत्रमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले तालीमबाट प्राप्त ज्ञानको आधारमा आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा बेच्न र सस्तो एवम् कम लागतमा गुणस्तरीय वस्तु आयात गर्न बजार विश्लेषण गर्न सजिलो हुने बताए।
प्रशिक्षार्थीकातर्फबाट पन्नालाल साह र प्रेमसागर पण्डितले तालीमबाट सिकेका कुराले आ–आफ्ना व्यापार, व्यवसाय प्रबद्र्धनमा थप सहयोग पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा तालीमका सहभागीलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द काठमाडौँ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आयोजित उक्त तीन दिने तालीममा बारा र पर्सा जिल्लाका उद्योगी, व्यवसायी, आयात–निर्यातकर्ता गरी २५ जनाको सहभागिता थियो । रासस