नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ। आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने यो सभामा व्यवसायीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
रोहन गुरुङको नेतृत्वमा प्रगतिशिल प्यानल एउटा छ भने वर्तमान अध्यक्ष विमल ढकाललको नेतृत्वमा लोकतान्त्रिक नामको प्यानल प्रस्तु भएको छ।
दुवै प्यानलका प्रत्यासी समूहले आ आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन्। लोकतान्त्रिक र प्रगतिशील प्यानलका अध्यक्ष तथा प्रतिनिधिले आ–आफ्नो जित सुनिश्चत भएको दाबी गरेका छन्।
संघको निर्वाचनमा नेपाली काँग्रेस समर्थित बिमल ढकाल समूह र एमाले समर्थित रोहन गुरुङ समूहको भिडन्त हुँदैछ। दुवै पक्षीय आफुलाई बलियो सावित गर्न क्षेत्रीय स्तरमा भेला कार्यक्रम पनि गरेका थिए। ढकाललाई अन्य केही व्यवसायीक संगठनले सघाउने भएका छन् भने गुरुङलाई माओवादी केन्द्र समर्थित व्यवसायी, विश्वकर्मा समाज, तमुधी व्यवसायी लगायतको समर्थन छ।
अध्यक्षसहित १७ सदस्यी प्यानलमा प्रगतिशिलको तर्फबाट अध्यक्षमा रोहन गुरुङ, उपाध्यक्षमा रामप्रसाद भान्वना,द्धितिय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतिय उपाध्यमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल उठ्दैछन्।
सचिवमा इश्वर जिसी,कोषाध्यक्षमा रमिला ताम्राकार रोकाया मगर, सदस्यमा तेजमाया लिम्बु, सन्जु गुरुङ, सुरेश गौतम, प्रेम विक, कुन्सादोर्जे तेन्जोङ, सविना श्रेष्ठ, तिलक तामाङ, प्रितम मगर लगायतकाले उमेद्वारी दिने पक्का भएको छ।
ढकाल प्यानलबाट प्रथम उपाध्यक्ष प्रज्ञान न्यौपाने,द्वितिय उपाध्यक्ष भुवनसिंह गुरुङ,तृतिय उपाध्यक्ष नवलकिशोर यादव,महासचिव सुजित श्रेष्ठ,सचिव बिनोदजंग केसी,कोषाध्यक्ष राधिका कटुवाल प्रत्यासी छन्।
त्यस्तै सदस्यमा भोजराज भुषाल, मेघनाथ भुर्तेल, इन्दिरा गुरुङ, कुमारबाबु श्रेष्ठ, दिनेश राय, मोहम्मद जब्बरदिन मिया(मुन्ना),सर्वधन तामाङ गुलेन्द्र प्रसाद अम्माई(जीपी), सुरज केसी रहेका छन्।