नेपाल उद्योग परिसंघको १४ औं वार्षिक साधारणसभा साउन ६ गते काठमाडौंमा हुने भएको छ।
वार्षिक साधारणसभा परिसंघको नियमित पक्रिया भएपनि यसपालीको साधारणसभा विशेष रहने संघका अध्यक्ष हरिभक्ता शर्माले जनाएका छन्।
“समृद्घिका लागि लगानी र विकासको अपरिहार्यता” भन्ने मुल नारा र बसहसहित सम्पन्न हुने उक्त सभाको अवसरमा मुलुकका सबै शिर्षस्थ नेता, व्यवसायी, बुद्धिजिबीहरुलाई सँगै राखेर बहस चलाइने संघले जनाएको छ।
साझा आर्थिक दृष्टिकोणका साथै कार्यान्वयनमा व्यवहारिक प्रतिवद्धताको अपेक्षा सहित परिसंघले राजनैतिक दलका शीर्ष नेताहरुलाई एउटै थलोमा आमन्त्रण गरी समृद्धिको मुद्धालाई नयाँ ढंगबाट बहस र छलफलमा ल्याउने जमर्को गरेको जानकारी दिएको छ।