पोखराको लेकसाईडस्थित माउण्ट कैलाश रिसोर्टले फेरि अर्को अन्तर्राष्ट्रिय अर्वाड पाएको छ। द विज नामक ब्यापारको विश्व संगठनले अमेरिकाको भर्जिन आईल्याण्डमा एक कार्यक्रम बीच माउण्ट कैलाश रिसोर्टलाई मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो।
अर्वाड प्राप्त गरे लगतै रिर्सोटका सञ्चालक नरेश भट्टराईले आफूले पाएको अर्वाड समग्र नेपाल र पोखराबासीको गौरव भएको बताए। यस अर्वाडले मलाई र अझ होटललाई झन जिम्मेवार बनाएको उनले बताए।
विश्वका सबैभन्दा उल्लेखनीय कम्पनीहरु आबद्ध भएका कारण यस अर्वाडले झन जिम्मेवार बनाएको उनले बताउ। संगठन मार्फत ब्यापार उत्कृष्टता पहिचान गर्न सिर्जना गरिएको पुरस्कार यो वर्ष माउन्ट कैलाश रिसोर्टले प्राप्त गरेको हो ।
माउण्ट कैलाश रिसोर्टले यसअघि गत पुसमा यूरोप बिजनेश एसेम्ब्लीद्धारा प्रदान गरिने दुई वटा अवार्ड प्राप्त गरेको थियो भने बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली (ईबीए) ले ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको रिसोर्टलाई गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआईडी) नामक अन्तराष्ट्रिय संस्थाले ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको थियो ।
१० महिनाको विचमा माउण्ट कैलाश रिसोर्टले चौथो अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।