नेपाल व्यवस्थापन संघ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतबीच आज प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आपसी सहकार्यका लागि समझदारी(पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल व्यवस्थापन संघका तर्फबाट संघका सभापति ई. सुशील भट्ट र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतका तर्फबाट संस्थाका अध्यक्ष गोपाल जेवरजकाले नया“ दिल्लीस्थित नेपाली राजदूतावासमा आज साँझ आयोजित विशेष कार्यक्रममा सो समझदारी(पत्रमा हस्ताक्षर गरेका हुन्।
उद्योग र वाणिज्य क्षेत्रको विकास, विस्तार, प्रत्यक्ष विदेशी लगानी प्रवद्र्धन र प्रविधि हस्तान्तरणका क्षेत्रमा अध्ययन एवं अनुसन्धान, उपयुक्त र सामयिक नीतिगत व्यवस्थाका लागि पैरवी, उपयुक्त जनशक्ति विकास, दक्ष र प्रभावकारी व्यवस्थापन सहित प्राविधिक तथा आर्थिक क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदान गर्ने उद्देश्य राखेर समझदारी गरिएको व्यवस्थापन संघले जानकारी दिएको छ।
समझदारी अनुसार दुवै संस्थाले एकअर्काको तालीम, अध्ययन, अनुसन्धान, परामर्श जस्ता कार्यक्रममा दुवैतिरका प्राज्ञिक तथा अनुसन्धानकर्र्ताहरुलाई सहभागी गराउनुका साथै संस्थागत सुशासन तथा दक्ष र प्रभावकारी व्यवस्थापनको प्रमुख तत्व मानिएका कर्मचारीहरुको ज्ञान,सीप र अनुभव अभिबृद्धि गर्ने सम्बन्धमा सहकार्य गर्ने जानकारी दिएका छन् ।