कोकाकोला नेपालले दशैं र तिहार विशेष ‘मन खोलौं कोकसँग’ अभियान ल्याएको छ । भदौं २० देखि असोज ३० सम्म चल्ने यो अभियान विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ।
नेपालीमा लेखिएका लेबलहरुले सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्ने कम्पनीको विश्वास छ। उपभोक्ताहरुलाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गर्ने जसमा सिर्जनात्मक सन्देशहरु राखिएको कम्पनीको भनाइ छ।