निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्सले भर्खरै भित्र्याएका नयाँ एटिअआर विमानमा सयुक्त राष्ट्र संघीय दिगो विकास कार्यक्रम एसडीजी ब्रान्डिङ गरिएको छ। नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एअरलाइन्सको सहकार्यमा एसडीजी ब्राण्डेड रोलआउट आज काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थल मार्फत सार्वजनिक गरिएको हो ।
एटिआर विमानमा पनि एसडीजी ब्रान्डिङपछि ग्लोबल गोल्सले नेपालमा नयाँ उचाइ पाउन थालेको एयरलाइन्सले जानकारी दिएको छ।
एटीआर ७२–५०० विमानमा गरिएको यूएन एसडीजीको ब्राण्डिङले यती एअरलाइन्स नेपालको विकासका लागि हरदम प्रयासरतरहेको र आफ्नो प्रयास हरसम्भव तरिकाले जारी राखिने एयरलाइन्सका मेशचन्द्र राईले बताए।