सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चिप प्रविधि परिपालना गर्ने बैंक बनेको छ। सिद्धार्थ बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो।
विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रीप कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डमा इएमभी चिपमा विस्तार गर्दै आएको थियो।
यो सँगै बैंकका एटिएम र पोसले पनि कार्डमा रहेको इएमभी चिपलाई नै पढेर कारोबार गर्नेछन्। पूर्ण रुपमा इएमभी चिपको प्रयोगसँगै जोखिम र ठगी पूर्ण रुपले न्युनीकरण हुने बैंकको विश्वास छ।
बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत समेत गराउँदै आएको छ। बैंकले हाल १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पोस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ।