एप्पलले गत महिनामात्र आइफोन ८, ८ प्लस र टेन (एक्स) गरी तीन फोनहरु सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएकामध्ये नेपालमा हालसम्म ८ र ८ प्लसको मात्र प्रिबुकिङ खोलिएको छ। सधाझैं विश्व टेक बजारमा यी तीन फोन त्यसमा पनि टेनको निकै चर्चा चलेको छ। नेपाली प्रयोगकर्ताले पनि निकै व्यग्रताका साथ यी फोनको प्रतिक्षा गरिरहेका छन्।
तर यी फोनको चर्चा भई रहँदा अन्य पुराना मोडल प्रतिको रुची पनि घट्ने गरेको पाइँदैन। आइफोनको नयाँ मोडल सार्वजनिक भएपछि पुरानो मोडलको मूल्य घटे पनि यी सेटहरु खोज्नेको संख्या भने नघटेको व्यवसायीहरु बताउँछन्।
आइफोनको नयाँ मोडल बजारमा आएपछि पुरानो मोडल खोज्नेहरुको संख्या पनि उत्तिकै रहेको आधिकारिक विक्रेता मध्येको एक ओलिज स्टोरका निर्देशक लोकेश ओलीले बताए।
‘आइफोनप्रतिको नेपाली प्रयोगकर्ताको क्रेज बढ्दो छ। नयाँ मोडल होस या पुरानो प्रिमियम लुक, अपडेटेड र उत्कृष्ट सफ्टवेयर पर्फमेन्स तथा ‘रिसेल भ्यालु’ का कारण पनि यसप्रति क्रेज बढेको हो’ उनको विश्लेषण छ। ओली आइफोन बोक्नुलाई धेरैले प्रतिष्ठासँग जोडेर हेर्नाले पनि प्रयोगकर्तामाझ यसको क्रेज बढाएको मत राख्छन्।
तर बजारमा आधिकारिक विक्रेतामाझ पनि आइफोनको मूल्यमा एकरुपता भने छैन। आइफोन एसइ मोडलमा ६४ जीबी भेरियन्टको मूल्य आधिकारिक वितरक जेनेरेसन नेक्सटले पछिल्लो पटक ४४ हजार तोकेको छ भने अनलाइन वितरकहरु इभोस्टोरले ४७ हजार, ओलिज स्टोरले ४२ हजार ५ सय तथा दराज डटकमले ४० हजारमै विक्री गरिरहेका छन्।
यसको पछाडि विक्रेताहरुले नाफाको मार्जिन कम राखेर वा एउटा प्रोड्क्टमा घाटा खाएर अर्कोमा नाफा समायोजन गर्ने रणनितीले मूल्य त्यस्तो हुने गरेको ओली बताउँछन्।
त्यस्तै ‘ग्रे’ बजार मार्फत ल्याइएका आइफोनहरु अझसस्तोमै विभिन्न पसलहरुले नै बेचिरहेका छन् तर त्यस्ता सेटहरुमा भने भ्याट बिल, वारेन्टी र त्यस पश्चातको सुविधा, जेनेरेसनको होलोग्राम अंकित इएमआई रजिस्ट्रेसन तथा किस्ताबन्दी मार्फत खरिद गर्न सकिने सुविधा समेत पाइँदैन। अर्कोतर्फ त्यस्ता फोनलाई दूरसञ्चार प्राधिकरणले जुनसुकै बेला पनि सेवा बन्द गरिदिन सक्छ।
आइफोनको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्सट कम्युनिकेसन प्रालिले उपलब्ध गराएको विवरणका आधारमा यस्ता छन् बजारमा पाइने आइफोनका विभिन्न मोडल, तिनमा भएका फिचर्स तथा मूल्यः
आइफोन एट प्लसयस फोनको नेपाली बजारमा हाल बुकिङ मात्र थालिएको छ। यस फोनमा ५.५ इन्चको थ्रीडी आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा आइओएस ११ भर्सनको अपेरेटिङ सिस्टम, ए ११ बायोनिक चिपसेट तथा समावेश गरिएको छ।
३ जीबी र्याम भएको यो फोन ६४ र २५६ गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ भने मेमोरी कार्ड हाल्नलाई स्लट दिइएको छैन।
फोनमा एफ/१.८ र एफ/२.८ अपेचर लेन्सका १२ मेगापिक्सेलका दुई रियर (पछाडितर्फको) क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।
यसबाहेक फोनमा धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। २६९१ एमएएच पावर क्षमताको ब्याट्री भएको यो फोनको मूल्य ६४ जीबी भेरियन्टको १ लाख १२ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख ३३ हजार रुपैंयाँ निर्धारण गरिएको छ।
आइफोन ८यो फोनको पनि नेपाली बजारमा हाल बुकिङ मात्र थालिएको छ। फोनमा ४.७ इन्चको थ्रीडी टच् एलइडीब्याकलिट आइपिएस एलसिडी डिस्प्ले छ।
आइओएस ११ भर्सनको अपेरेटिङ सिस्टम, ए११ बायोनिक चिपसेट तथा हेक्साकोर सिपियु यसमा समावेश गरिएको छ। २ जीबी र्याम भएको फोन ६४ र २५६ गरी दुई इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ।
फोनमा एफ/१.८ अपेचर लेन्सका १२ मेगापिक्सेलका दुई रियर क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यी क्यामेराले ४ के भिडियो खिच्न सक्छन्।
यसबाहेक फोनमा धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। १८२१ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ६४ जीबी भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैंयाँ निर्धारण गरिएको छ।
सेभेन प्लसयस फोनमा ५.५ इन्चको थ्रीडी टच् एलइडीब्याकलिट आइपिएस एलसिडी डिस्प्ले रहेको छ। आइओएस १०.०.१ अपेरेटिङ सिस्टम, ए१० फ्युजन चिपसेट तथा क्वाडकोर २.३४ गिगहर्ज सिपियु समावेश गरिएको फोनमा आइयोसलाई १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिने सुविधा दिइएको छ।
२ जीबी र्याम भएको फोन ३२, १२८ र २५६ गरी तीन इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। यसमा एफ/१.८ र एफ/२.८ अपेचर लेन्ससहितका १२ मेगापिक्सेलका दुई रियर क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यी क्यामेराले ४ के भिडियो खिच्न सक्छन्।
धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फास्ट चार्जिङ, वायरलेस चार्जिङ, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स छन्। २९०० एमएएच पावर क्षमताको ब्याट्री भएको फोनको ३२ जीबी भेरियन्टको मूल्य ८५ हजार, १२८ जीबी भेरियन्टको १ लाख १९ हजार तथा २५६ जीबी भेरियन्टको १ लाख ३२ हजार रुपैयाँ राखिएको छ।
सेभेनयस फोनमा ४.७ इन्चको थ्रीडी टच् एलइडी¬ब्याकलिट आइपिएस एलसिडी डिस्प्ले रहेको छ। फोनमा १०.३.३ मा अपग्रेड गर्न सकिने सुविधा भएको आइओएस १०.०.१ अपेरेटिङ सिस्टम, ए१० फ्युजन चिपसेट तथा २.३ गिगाहर्ज क्वाडकोर सिपियु समावेश गरिएको छ।
२ जीबी र्याम भएको यस फोन ३२, १२८ र २५६ गरी तीन इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/१.८ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने एफ/२.२ अपेचर लेन्ससहितको ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।
यसबाहेक धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १९६० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ३२ जीबी भेरियन्टको ७० हजार, १२८ जीबी भेरियन्टको ९५ हजार ५ सय तथा २५६ जीबी भेरियन्टको १ लाख ५ हजार रुपैंयाँ तोकिएको छ।
सिक्स एस प्लस५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको फोनमा आइओएस ९ अपरेटिङ सिस्टम छ जसलाई १०.३.३ मा अपग्रेड गर्न सकिन्छ। त्यस्तै फोनमा ए९ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्ज डुअलकोर सिपियु समावेश गरिएको छ।
२ जीबी र्याम भएको यो फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/२.२ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर (पछाडितर्फको) क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
धुलो तथा पानी प्रतिरोधात्मक क्षमता, फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। २७५० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य १६ जीबी भेरियन्टको ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सिक्स एसयस फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा १०.३.३ मा अपग्रेड गर्न मिल्ने प्रविधि भएको आइओएस ९ अपेरेटिङ सिस्टम, ए९ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्जको डुअलकोर सिपियु समावेश गरिएको छ।
२ जीबी र्याम भएको यस फोन ३२ र १२८ गरी दुई जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा एफ/२.२ अपेचर लेन्स भएको १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने एफ÷२.२ अपेचर लेन्ससहितको ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।
यसबाहेक फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्सहरु रहेका छन्। १७१५ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ३२ जीबी भेरियन्टको ६५ हजार तथा १२८ जीबी भेरियन्टको ८५ हजार रुपैंयाँ निर्धारण गरिएको छ।
सिक्स प्लसएप्पलको यो फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले दिइएको छ। फोनमा आइओएस ८ अपेरेटिङ सिस्टम, ए८ फ्युजन चिपसेट तथा १.८४ गिगाहर्जको डुअलकोर सिपियु समावेश छ। आइओएसलाई १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।
१ जीबी र्याम भएको फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ÷२.२ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। २९१५ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ७८ हजार रुपैयाँ तोकिएको छ।
सिक्सएप्पलको यस मोडलको फोनमा ४.७ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा ए८ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ८ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।
१ जीबी र्याम भएको फोन ३२/१२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ÷२.२ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स छन्। १८१० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको ३२ जीबी भेरियन्टको मूल्य ४२ हजार ५ सय तथा १२८ जीबी भेरियन्टको ५५ हजार रुपैयाँ राखिएको छ।
एसइएप्पलको यस मोडलको फोनमा ४ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ। फोनमा ए९ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ९.३.२ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।
२ जीबी र्याम भएको फोन १६/६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फेस डिटेक्सन, अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ/२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ/२.४ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा यसमा छ।
फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १६२४ एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ३८ हजार तथा ६४ जीबी भेरियन्टको ४४ हजार रुपैयाँ राखिएको छ।
फाइभ एसएप्पलको यस मोडलको फोनमा ४ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको छ। फोनमा ए८ फ्युजन चिपसेट, १.८४ गिगाहर्जको डुअलकोर सिपियु तथा आइओएस ७ अपेरेटिङ सिस्टम छ जसलाई आइओएस १०.३.३ भर्सनमा अपग्रेड गर्न सकिन्छ।
१ जीबी र्याम भएको फोन १६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा अटोफोकस, डुअल एलइडी फ्ल्याससहितको एफ÷२.२ अपेचर लेन्स भएको ८ मेगापिक्सेलको रियर तथा एफ/२.४ अपेचर लेन्ससहितको १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
यसबाहेक फोनमा फिंगरप्रिन्ट, प्रोक्जीमिटी, ब्यारोमिटर सेन्सर लगायतका फिचर्स रहेका छन्। १५६० एमएएच पावर क्षमताको ब्याट्री भएको यस फोनको १६ जीबी भेरियन्टको मूल्य ३२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।