वर्ल्ड डिस्ट्रीब्युसन प्रालिले टोसिबा कम्पनीका हाइब्रिड प्रिन्टिङ सार्वजनिक गरेको छ।
e-STUDIO4508LP सिरिजका यी प्रिन्टरबाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सकिनेछ।
यस प्रिन्टरमा उपलब्ध मेटाउन सक्ने सुविधाले अस्थायी कागजपत्रहरुबाट टोनर पुछ्न प्रिन्टको लागि पुनःप्रयोग गर्न सकिनेछ । यसले कागजको कम खपत गर्ने कम्पनीले जनाएको छ।
प्रिन्टरमार्फत फरक अस्थायी कागजपत्रहरुलाई बेग्ला बेग्लै प्रयोग गर्न सकिने भएकाले ईमेल तथा डकुमेन्ट जस्ता तत्काल अस्थायी हुने कागजपत्रहरु यसमा भएको ‘इरेजेबल टुनर’ मा ३५ पेज प्रतिमिनेटमा डिजाईन गर्न सकिनेछ भने आवश्यक कागजपत्रहरु मोनोक्रोम आउटपुट मार्फत ४५ पेज प्रतिमिनेटमा डिजाईन गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।