स्मार्टफोनमा नयाँ नयाँ फिचर्स देखाउने प्रतिस्पर्धामा रहेका कम्पनीहरुले पछिल्लो समय क्यामरा तथा हार्ड डिस्कलाई विशेष प्राथमिकता दिएको पाइन्छ।
त्यही क्रममा दुवै पक्षलाई मजबुत देखाई ‘वन प्लस फाइभ टी’ स्मार्टफोन सार्वजनिक भएको छ। यो फोनमा ८ जिबी र्याम रहेको छ, जुन हाल उपलव्ध स्मार्टफोनमा भन्दा अधिक हो।
यो फोन वान प्लस फाइभकै अपग्रेड भर्सन हो। १०८०×२१६० पिक्सल रिज्योल्युसनयुक्त ६.०१ इन्च स्कृनका साथमा यो फोन उपलव्ध छ। यसमा आन्तरि स्टोरेज क्षमता १२८ जिबी छ।
२.४५ गिगाहर्ज क्वाड कोर प्रोसेसरमा संचालित यस फोनमा ३३०० एमएएच पावरको ब्याट्री दिइएको छ। एन्ड्रोइड ७.१.१ नुगा भर्सनमा फोन चल्नेछ।
फोनमा अगाडिको क्यामेरा १६ तथा पछाडिको क्यामेरा २० मेगापिक्सलमा छ। भारतीय बजारमा फोनको मूल्य ३७ हजार ९९९ तोकिएको छ।