सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ भएको थियो ।
विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस् सेन्टर झापामा खोलेको छ ।
यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, र बुटबलमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।
यस सर्भिस सेन्टरबाट सबैकिसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिन्छ ।
विर्तामोडमा प्रारम्भ गरिएको योपहिलो सर्भिस सेन्टरबाट झापा, इलाम,फिदिम, ताप्लेजुङ्ग एवं दमक तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्नुहुने छ भन्ने कुरामा सामसङ विश्वास्त रहेको छ ।