एनसेलले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझप्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ ।
उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे। साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइलएप, च्याटबट र वेबसाइट लगायतका विभिन्न समाधान बनाएकाथिए ।
डिजिटल प्रतिभाको रुपान्तरणलाई अझतदारुकताका साथ अघि बढाउने आजआटा समूहको पहलअन्तर्गत एनसेलले डिजिटल ज्यामकार्यक्रमको आयोजना गरेको हो ।
आजिआटाको दक्षिण–पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु –– एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलोे कर्मचारी लक्षितअनलाइन एक्टिभेसन कार्यक्रमहो । यसमा आजिआटा अन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।
‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्वद्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रकालागिनयाँतरिका अवलम्बनगर्दै ग्राहकसँगनिरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्नसिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने ।
आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभाविकासकाअभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानीगर्ने प्रतिवद्ता जनाएको छ ।