नोकियाकोे नोकिया ८ अब नेपाली बजारमा आएको छ।
यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्ग को लागि डुयल साईट मोड र स्प्लिट स्क्रिन भ्युजल पनि राखिएको छ ।
यो स्मार्टफोन निकै सुन्दर तरिकाले डिजाईन गरिएको छ जसमा शक्तिशाली क्यु.एच्.डि डिस्प्ले पनि राखिएको छ । गुगल द्धारा भर्खरै निकालिएको पछिल्लो एण्ड्रोइड ८.० ओरियोकोे सँस्करण सर्वप्रथम नोकिया ८ लाई उपलब्ध गराएको छ ।
बजारमा नोकिया ८ को अत्याधिक प्रत्यासित गरिएको थियो । अहिलेको माग अनुसार नोकियाले क्यामेरा नयाँ सँस्करणको सफ्टवेयर, प्रोसेसर र डिजाईनमा विशेष केन्द्रित गरी नोकिया ८ बजारमा ल्याएको छ ।
यस मोडलमा प्रयोगकर्ताको चाहना अनुसार, स्मार्टफोनका हरेक आधारभुत विशेषताहरु समेटी ब्याट्री व्याकअप पनि राम्रो राखेको छ । यति मात्रै नभई यसमा रहेको लिकविड कुलिङ सिसटमले गर्दा फोनमा गेम खेल्दा फोन तात्तिने समस्या न्यून रहेको छ ।
नोकिया ८ एकदमै राम्रो देखिने आकर्षक फोन हो । यसमा रहेको ५.३ क्यु.एच्.डि डिस्प्लेले गर्दा स्क्रिन निकै उज्यालो रहन्छ । हाई–रिजोलुसन डिस्प्लेका कारण भिडियोहरु पनि निकै क्लीयर र सफा रहन्छन् । यसमा १४४०×२५६० र ५५४ पिक्सेल प्रति ईन्च डिस्प्ले रहेको छ ।
यो स्प्लास रेसिटेन्ट एन्ड्रोईड ७.१.१ स्मार्टफोनमा दुईवटा नेभिगेसन बटन को बीचमा फिङ्गरप्वाइन्ट स्क्यानर पनि रहेको छ । यसको क्विक चार्ज ३.० ब्याट्रीले फोन छिट्टै चार्ज हुने र दिनभरी नै धेरै फोन कल्सहरुमा ढुक्क सँग कुरा गर्न सकिन्छ ।
यसको १.८ क्वालकम स्नापड्रागन ८३५ चिपसेटले फोनको पावर निकै राम्रोसँग सन्तुलित गर्छ । ४जिबि ¥याम रहेको नोकिया ८ मा ६४जिबि स्ट्रोरेज पनि रहेको छ जुन २५६ जिबि सम्म बिस्तार गर्न सकिन्छ ।
नोकिया ८ मा १३ एमपी फ्रन्ट क्यामेराका साथै अतिरिक्त १३ एमपी डबल लेन्स पनि राखिएको छ । यो आकर्षक सेटअपमा एउटा लेन्स आरजीबि (रङ्गिन) मा छ भने अर्को मोनोक्रोम (श्यामस्वेत) सुटरमा छ ।
एउटा क्यामेराले कलर खिच्छ भने अर्कोले ब्लाक एण्ड ह्वाइट । यसमा स्प्लिट–स्क्रिन मास–अपबाट लाईभस्ट्रीम पनि गर्न सकिन्छ जुन भ्लग गर्नेहरुका लागि अति नै रमाईलोको विशेषता पनि हो ।
यसमा अन्य फिचरहरु जस्तै वाइफाइ, जिपिएस, ब्लुटुथ एनएफसी, इनफ्रारेड, युएसबी, ओटिजी र हेडफोन पनि उपलब्ध छ । नोकिया ८ मा डबल सिम स्लट पनि रहेको छ जसले थ्रीजी, फोरजी,जीएसएम सीडिएमए लाई पनि मद्यत गर्ने गर्दछ ।
समग्रमा नोकिया ८ ले ५.३ ईन्च डिभाईसमा धेरै फिचर्सहरु दिएको छ । नोकिया ८ मुल्य ६२ हजार ९९९ पर्ने छ । नोकियाको अर्को प्रमुख फोन नोकिया २ पनि बजारमा उपलब्ध छ ।
मात्र ११,४९९ मा पाईने नोकिया २ मा ४१०० एम ए एच् को निकाल्न नमिल्ने ब्याट्री राखिएको छ । नोकिया २ ले बढी स्थायित्व पक्का गर्नुका साथै बजेट मै उल्लेखनीय गुणस्तर पनि प्रदान गर्दछ ।