हाम्रो पात्रोले निर्वाचन विशेष प्रस्तुति सुरु गरेको छ। निर्वाचनको हरेक सूचना दिन फरक प्रस्तुतिका साथ सुधार समेत गरेको छ। शिघ्र समाचार र निर्वाचन अपडेट लिएर विभिन्न सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका समाचारहरु संकलन गरेर देखाउने तरिकामा थप सुधार गरेको जनाएको छ।
लामो समयदेखि देशका विश्वसनीय र महत्वपूर्ण पत्रपत्रिका तथा लोकप्रिय अनलाईन समाचार पोर्टलका समाचारहरूका बारेमा फ्ल्यास चिन्ह् लगाएर शीघ्र समाचार प्रस्तुत गरिने हाम्रो पात्रोका प्रवन्ध निर्देशक सन्तोष देवकोटाले बताए। न्यूनतम इन्टरनेट खर्चेर तत्काल पुरा समाचारको पाना खोलीदिने गरि फ्ल्यास चिन्ह बाहेकका समाचारहरू पढ्न सकिने जनाएको उनले बताए।
हाम्रो पात्रोले बिबिसि नेपाली सेवा पूर्णतः फ्ल्यास चिन्हमा हुने र थुप्रै समाचार स्रोतका समाचारलाई आंशिक रूपमा ’शिघ्र समाचार’ रुपमा हेर्न सकिने जनाएको छ। त्यसैगरि हाम्रो पात्रोले
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव २०७४ लाई समेत पलपलमा जानकारी दिने गरि नयाँ अपडेटका साथ उपस्थित हुने जनाएको छ।
आसन्न निर्वाचनको चुनावी गतिविधि, समाचार, मतगणनाका हरेक विस्तृत जानकारीलाई विश्वशनीय तथा प्रभावकारी बनाउने जनाएको छ। हाम्रो पात्रो एप्स एप्पलको
आइओस् र एण्ड्रोइड मोबाइलको एप स्टोरमा गएर डाउनलोड गर्न सकिने समेत जनाएको छ।