भिभोले नेपालमा नयाँ मोबाइल भि सेभेन सार्वजनिक गरेको छ ।
काठमाडौंको याक एण्ड यति होटलमा भब्य कार्यक्रम गरेर भि सेभेन सार्वजनिक गरिएको हो । भिभो नेपालका सिइओ पिटर ओयुले नेपाली ग्राहकलाई गुणस्तरिय स्मार्टफोनको सेवा दिन भिभो नेपालमा आएको बताए।
उनका अनुसार भिभाे विश्वमा पाचाैं र चीनमा तेस्रो स्थानमा छ।
भिभो नेपालकी ट्रेड म्यानेजर आशा थापाले सस्तो रुपैयाँ धेरै विशेषता भएको भिभो सेभेन ग्राहकलाई मन पर्नेमा आफू विश्वस्त भएको बताइन् । भिभो नेपालका प्रतिनिधिका साथै कलाकारहरु आसिफ शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्काले भिभो सेभेन सार्वजनिक गरेका हुन् । यस फोनको मुल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
फिन्गर प्रिन्ट सेन्सरबाट भि सेभेनमा फेस एक्सिस प्रविधिले फोन अनलक गर्न मिल्छ। २४ मेगापिक्सल भएको क्यामरा फोटोग्राफीका लागि पनि काम लाग्ने कम्पनीले बताएको छ।
स्क्रिन क्वालिटी,डिजाइन, फ्रन्ट फेसिङ क्यामराले फोनलाई अझ राम्रो बनाएको छ। भि भो सेभेन ३ डिसेम्बरबाट बजारमा उपलब्ध हुनेछ । फोन किन्न चाहनेलाई प्रि बुकिङको सुविधा छ ।