चिनियाँ मोबाइल ब्राण्ड जिओनीले एकसाथ ८ वटा फोन सार्वजनिक गरेको छ।
कम्पनीले यी फोनहरु चीनमा सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका फोनहरुमा ‘एस ११’, ‘एस ११ एस’ र ‘एम ७ प्लस’ प्रिमियम फोनहरु रहेका छन्।
यी मध्ये एस ११ मा सेल्फीका लागि १६ र ८ मेगापिक्सेल तथा पछाडि तर्फ १६ र ५ मेगापिक्सेलका गरी चार क्यामरा छन्।
यो ५.९९ इन्चको डिस्प्ले, एन्ड्रोइड ७.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम, ४ जीबी र्याम, ६४ जीबीको इन्टरनल स्टोरेज तथा ३४१० एमएएचको ब्याट्री क्षमतामा उपलब्ध छ।
सार्वजनिक गरिएको अर्को मोडल ‘एस ११’ मा पनि चार क्यामेराहरु छन्। यसमा २० र ८ मेगापिक्सेलको सेल्फी तथा १६ र ८ मेगापिक्सेलको रियर (पछाडि तर्फको) क्यामेरा छन्।
यसबाहेक फोनमा ६.०१ इन्चको फुल एचडी डिस्प्ले, एमिगो ५.० युआईको अपरेटिङ सिस्टम, ६ जीबी र्याम, ६४ जीबीको इन्टरनल स्टोरेज तथा ३६०० एमएएचको ब्याट्री छ।
त्यस्तै ‘एम ७’ मोडलमा भने ६.४३ इन्चको डिस्प्ले दिइएको छ। फोन एमिगो ५.० अपेरेटिङ सिस्टम, ६ जीबी र्याम, १२८ जीबीको इन्टरनल स्टोरेज तथा ५ हजार एमएएच पावर क्षमताको ब्याट्रीमा उपलब्ध छ।
यी बाहेक कम्पनीले एस ११ लाइट, एम ७, एम ७ पावर, एम ७ मिनी र एफ २०५ गरी अन्य ५ मोडलका फोनहरु समेत सार्वजनिक गरेको छ।