सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ। यो ट्याव पूर्ण रुपमा ‘इन्टरटेनमेन्ट डिभाइस’का रुपमा ल्याइएको कम्पनीले जनाएको छ।
यसमा ८ इन्चको डिस्प्ले छ भने ब्याट्री ५ हजार एमएएच पावरको छ। शक्तिशाली ब्याट्री रहेकाले पूरै दिनभर ट्याब चलाउन सकिने कम्पनीको दावी छ।
यसको मूल्य बजारमा २८ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। मंसिर १४ बाट बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ।
ट्याव ए २०१७ मा सामसङको उत्कृष्ट फिचर ‘बिक्सबी होम’ पनि समावेश गरिएको छ, जसले एक स्वाइपको भरमा खोजेको कन्टेन्ट उपलव्ध गराउँछ।
समसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले यो ट्याव इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट भएको दावी गरे। यो ट्याबमा ‘किड्स मोड’को सुविधा रहेको उनले बताए।
यसको तौल ३६४ ग्राम छ। यसमा भएको ब्लुलाइट फिल्टरले रातको समयमा पनि चलाउन सहजता हुनेछ। स्मार्ट भ्यूले टिभिमा वायरलेस कनेक्ट गरी ठूलो पर्दामा, भिडियो, फोटो या अन्य सामग्री हेर्न सकिन्छ।
क्वालकाम प्रोसेसर १.४ गिगाहर्ज क्वाड, २ जिबी र्याम, तथा १६ जिबीको आन्तरिक मेमोरी –माइक्रो एस डि मार्फत २५६ जिबीसम्म बढाउन सकिन्छ।
एन्ड्रोइडको नोगाटा अपरेटिङ सिस्टमबाट चल्ने यसमा ८ मेगापिक्सल (एफ १.९) को एलइडि फ्ल्यास छ। ब्राइट लेन्स तथा नयाँ फ्ल्यासले गर्दा कम उज्यालोमा पनि आकर्षक फोटो खिच्न सकिने सामसुङले जनाएको छ।