कोरियाली फोन उत्पादक कम्पनी सामसङले ९० तथा २००० को दशकको याद दिलाउने फोल्डेबल (फ्लिप) फोन सार्वजनिक गरेको छ। खासगरी सन् २००० को सुरुवातसम्म त्यस्ता डिजाइनमा फोनहरु बजारमा आउने गदर्थे।
‘डब्लु २०१८’ मोडलको सो फोन कम्पनीले चिनिया बजारमा सार्वजनिक गरेको हो। फोन बजारमा भने उपलब्ध भइसकेको छैन्।
सार्वजनिक गरिएको फोनको भित्री र बाहिरी दुबै तिर गरी दुई वटा ४.२ इन्चको सुपर एमोलेड टच् स्क्रिन डिस्प्ले छ।
यसमा ६ जीबीको र्यामका साथै ६४ वा २५६ जीबी इन्टरनल स्टारेज भेयिन्टमा उपलब्ध छ।
यसका साथै स्नापड्रागन ८३५, फिंग्ररप्रिन्ट सेन्सर, बिक्सबी तथा एन्ड्रोइड् नोगट ७.१ को अपेरेटिङ सिस्टममा यो फोन उपलब्ध छ।
फोनको पछाडिको भागमा १२ मेगापिक्सेलको तथा सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ।
२ हजार ३ सय एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको यो फोनको मूल्य भने कम्पनीले खुलाएको छैन्।