मोबाइल ब्राण्ड ‘आइभुमी’ ले नेपाली बजार भित्रिएको छ। विश्वको सात देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको ब्राण्ड नेपाली बजार प्रवेश गरेको हो।
ब्राण्डको आधिकारिक विक्रेताका रुपमा शंकर गु्रप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्रालि रहेको छ।आफ्नो मुख्य उद्देश्य नै ‘हाइ भ्यालु प्रडक्ट’ बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधिको प्रयोग गरिएको कम्पनीको दाबी छ।
‘आइभी ५०५’, ‘आइभी स्मार्ट फोरजी’, ‘मि १’, ‘मि २’, ‘मि ४’ र ‘मि ५’ गरी कम्पनीले ६ मोडलका स्मार्टफोन लिएर नेपाली बजारमा प्रवेश गरेको छ।
ति फोनहरुको मूल्य ५ हजारबाट शुरु हुने समूहले जनाएको छ। आइभुमी इन्डियाका कार्यकारी निर्देशक अश्विन भण्डारीले स्मार्ट फोनलाई ग्राहकहरुले मन पराउनेमा विश्वस्त रहेको दाबी गरे।