कोरियाली विद्युतीय सामाग्री उत्पादक कम्पनी सामसङले नोटबुक ९ ल्यापटप (२०१८) सार्वजनिक गरेको छ।
सार्वजनिक यो मोडलको ल्यापटप १३.३ इन्चमा दुई र १५ इन्च गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो ल्यापटप नोटबुक सिरिजको हालसम्मकै हलुका र पातलो भएको उल्लेख गरिएको छ। यसको वजन १.२९ केजी तथा मोटाइ १५.४ एमएम छ।
दुवै भेरियन्टमा १९२०×१०८० को रेजुलेसन भएको फुल एचडी भ्यु टच डिस्प्ले छ। यसमा ८ औँ पुस्ताको इन्टेलकोर आइ ७ प्रोसेसर, १६ जीबीको र्याम १ टीबीको सोलिड स्टेट ड्राइभ स्टोरेज तथा इन्टेल एचडी ग्राफिक्स प्रयोग गरिएको छ।
ल्यापटपमा अर्को आकर्षक विशेषताका रुपमा ‘एस पेन समेत दिइएको छ। यसको मद्दतले प्रयोगकर्ताले केही लेख्नुपरेमा टच वा टाइप गरिरहनु पर्ने झन्झट व्यहोर्नु नपर्ने कम्पनीको दाबी छ।
यी दुबै भेरियन्ट टाइटन सिल्भर र क्रश ह्वाइट गरी दुई रङ्गमा उपलब्ध हुने छ। यो ल्यापटप बजारमा भने आइनसकेकोले मूल्य समेत निर्धारण हुन बाँकी छ।