चिनियाँ फोन निर्माता कम्पनी ओप्पोले नयाँ ‘ए ८५’ सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको फोनमा ५.७ इन्चको डिस्प्ले छ। फोनको पछाडितर्फ १३ मेगापिक्सेल र सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ।
फोनमा ४ जिबीको र्याम तथा ३२ जिबीको इन्टरनल मेमोरी छ भने ३ हजार ९० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ। एण्ड्रोइड नोगट ७.० भर्सनको अपेरेटिङ सिस्टममा उपलब्ध यसमा एसओसी २.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ।
चिनियाँ बजारमा यसको मूल्य १ हजार ३९९ यान (करिब २१ हजार ८ सय) तोकिएको छ। नेपाली बजारमा भने यो फोन आइसकेको छैन।