सगुनको मोबाइल एप पुस २५ देखि पलब्ध हुने भएको छ। हाललाई एण्ड्रोएड अपरेटिङ्ग सिस्टममा उपलब्ध हुने सगुनको एप भारतको नयाँ दिल्लीबाट सार्वजनिक गरिने भएको हो।
नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भव्य कार्यक्रमबीच एप सार्वजनिक गरिने सगुनले जनाएको छ। सो कार्यक्रममा भारतका प्रविधि क्षेत्रसँग सम्वन्धित उच्च पदस्थ सरकारी प्रतिनिधिहरु तथा वलिउड कलाकारहरुको समेत उपस्थिति रहने सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए।
अमेरिकामा स्थापना भएको सगुनले भारतमा आफ्नो कार्यालय स्थापना गरि मुख्य प्राविधिक काम सोहि कार्यालयबाट सञ्चालन गर्दै आएको छ।
सगुनको प्रारम्भिक चरणको एपमा ओपन र सिक्रेट मेसेजिङ्ग, माइ डे र मूड टक गरि मुख्य तीन वटा विशेषताहरु रहनेछन्। यि विशेषताहरुलाई प्रयोगकर्ताले मन पराउने कुरामा सिटौलाले विश्वास व्यक्त गरे। सगुनले अन्य विशेषताहरु क्रमश थप हुँदै जाने जनाएको छ।
सगुनले यसै वर्ष दुइ चरणमा स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो। यसक्रममा विश्वभरबाट पाँच हजार भन्दा बढी व्यक्तिहरुले लगानीको प्रकृयामा सहभागी जनाएका छन्। दोश्रो चरणको शेयर विक्री यहि डिसेम्बरमा बन्द गरिएको र हाल लगानीकर्ताहरुको भेरिफिकेसनको काम भइरहेको सिटौलाले जनाए।
सिटौलाका अनुसार दोश्रो चरणमा लगानीको प्रकृया पुरा गर्न लगानीको रकम व्यवस्थापन गर्ने बैंकले भेरिफिकेसन कार्य गर्दै रहेको र यसको लागि बैंकले लगानीकर्ताहरुको परिचय पत्र र ठेगाना खुल्ने कागजपत्रहरु माग गरिरहेको छ। सगुनले प्रयोगकर्ताहरुलाई इमेल तथा फोनबाट सम्पर्क गरी आवश्यक कागजपत्र उपलब्ध गराउन अनुरोध गरिरहेको छ।