कोरियाली फोन निर्माता कम्पनी सामसङले यसै वर्ष सार्वजनिक गरेको ‘नोट ८’ को ब्याट्रीमा समस्या देखा परेको छ। सो मोडलमा ब्याट्री चार्ज नहुने समस्या देखा परेको हो।
प्रविधि सम्बन्धी बेलायती अनलाइन पत्रिका ‘टेकराडर’का अनुसार केही प्रयोगकर्ताहरुले ‘नोट ८’ को ब्याट्रीको चार्ज शून्यमा झरेपछि पुन चार्ज नहुने समस्या देखा परेको गुनासो गरेका छन्। सामसङको ‘हेल्प फोरम’ मा यो समस्याका बारेमा प्रयोगकर्ताले गुनासो गरेका छन्।
गत वर्ष नोट सिरिजको ‘नोट७’ मोडलमा ब्याट्री धेरै तातिने तथा पडक्नेसम्मको समस्या देखापरेपछि कम्पनीले बजारबाट सो मोडल फिर्ता लगेको थियो।
त्यसैले यो समस्या अन्य देशहरुमा पनि देखिएको वा अमेरिकामा मात्र हो भन्ने एकीन भइनसकेको टेक राडारले उल्लेख गरेको छ।
सामसङले भने यस विषयमा आधिकारिकरुपमा कुनै गुनासो प्राप्त नभएको तथा यदि त्यस्तो समस्या छ भने कम्पनीलाई खबर गर्न अनुरोध गरेको छ।