लोकसेवाको तयारी गर्न भदपर्दो कक्षा नपाएर भौँतारीरहेका तथा विभिन्न कारणले गर्दा कक्षा लिने ठाँउसम्म जान नसक्ने अवस्था भएकालाई लक्षित गरेर एक तुलसीराम ढकालले यूट्यूबबाटै कक्षा दिन सुरू गरेका छन्।
ढकाल आफैं विभिन्न इन्स्टिच्यूटमा लोकसेवा तयारी गराउँछन्। यसबाहेक उनी क्याम्पसमा समेत अध्यापन गराउँछन्।
‘आर्थिक समस्या तथा समय अभावको कारण इन्स्टिच्युडसम्म गएर कक्षा लिन नसक्ने विद्यार्थी लक्षित गरेर यूट्यूबबाट सेवा दिन थालिएको उनले बताए।
उनले विभिन्न तहका लागि त्यसै अनुरुपको विषयवस्तुमा आधारित भएर भिडियो मार्फत विद्यार्थीलाई सिकाइरहेका छन्। यसरी यूट्यूबबाटै उनको कक्षा लिनेको संख्या दैनिकरूपमा बढ्दै गएको छ।
विधार्थीहरूबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि थप जिम्मेवार भएर भिडियो बनाउन थालको ढकाल बताउँछन्।
‘केही भिडियो हाल्न थालेपछि नियमित रूपमै विधार्थीहरूले आफ्ना थप जिज्ञासा राख्न थालेका छन्। यसले आफूलाई जिम्मेवारीले बाँध्न थाल्यो जसले गर्दा आवश्यक तथा उठेका सबैखाले विषयवस्तुमा भिडियो बनाउनै पर्ने भयो’ उनले भने।
ढकालले गत वर्षदेखि नै यूट्यूबमा भिडियो हाल्न सुरू गरिएको र हरेक चोटी फरक विषयवस्तु समेटिने समेत दाबी गरे।
यसरी विद्यार्थीलाई निशुल्क रूपमा कक्षा प्रदान गरिरहेका ढकाल व्यवसायिक यूट्यूबर भने हैन्न। न त उनीसँग भिडियो खिच्ने आधुनिक क्यामेरा नै छ। उनी आफ्नो फोनलाई एक स्थानमा राख्छन् र त्यसबाटै भिडियो कैद गर्छन्।
यसका लागि उनले घरमै एउटा कोठाको सानो तर उज्योलो कुनाको प्रयोग गर्छन्। कोठामा एउटा ‘ह्वाइट् बोर्ड’ को प्रयोग गर्छन् जसमा उनी कक्षामा झैं लेखेरे सबै कुरा बझाउँछन्।
उनको यूट्यूब च्यानलमा अहिलेसम्मका ११ हजार सब्सक्राइबर पुगिसकेका छन्। भिडियोको प्रकार अनुरुप त्यसका दर्शक १५ द्खि ५० हजार हुने गरेका छन्।
यूट्यूब यात्रा आफूले सिकेको ज्ञानको लाभ सबै क्षेत्रका मान्छेले प्राप्त गरुन् भन्ने उद्धेश्यले सुरू भएको बताउने ढकाल तीनै दर्शकबाट पाइरहेको सकारात्मक प्रतिक्रियाबाट निकै उत्साहित देखिन्छन्।
‘मैले जीवनभर प्राप्त गरेको ज्ञानको लाभ पहुँचबाहिरका मानिसले समेत उठाउन भनेर भिडियो बनाउन सुरू गरियो। आफूले नचिनेका तथा कहिल्यै नभेटेका सबै कुनाका मानिसबाट सकारात्मक प्रतिक्रिया पाउँदा सन्तोषको महशुस हुँदो रहेछ’ ढकालले भने।
उनको यूट्यूब च्यानल
तुलसीराम ढकाल हो।