वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिपमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’ सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको फोनमा ६ इन्चको अप्टिक अमोलेड डिस्प्ले छ। अल्मुनियमको युनिबडीद्वारा निर्मित यो मोडल वानप्लस सिरिज मध्ये सबैभन्दा पातलो फोन हो।
आफ्नै अपरेटिङ सिस्टम अक्सिजन ओएस, क्वालकम स्नापड्रागन ८३५ प्लेटफर्ममा आधारित फोनमा ६ र ८ जिबी गरी दुई वटा र्याम भेरियन्टमा छ।
फोनमा एफ/२.० अपेचर लेन्ससहितको १६ मेगापिक्सेलको पछाडितर्फको क्यामेरा तथा १६ र २० मेगापिक्सेलका दुई सेल्फी क्यामेरा दिइएको छ। क्यामेरामा भएको ‘अल न्यु प्रो’ मोडले स्मार्टफोन प्रयोगकर्तालाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्ने वनप्लसले दाबी गरेको छ।
फोनमा ड्यास चार्जर समेत प्रदान गरिएको छ जसले आधा घण्टाको चार्जमा एक दिनको लागि ब्याट्री चलाउन सकिने कम्पनीले बताएको छ। यसका साथै फोनमा रिडिङ मोड समेत दिइएको छ, जसले पुस्तक पढेको जस्तो सुविधा दन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ।
‘गेमिङ डु नट डिस्टर्ब’ मोडले बिनाकुनै नोटिफिकेसन अथवा आकस्मिकरुपमा थिचिने हार्डवेयर बटनले हुने समस्या रहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्स खेल्ने सुविधा दिन्छ।
६४ जिबीको मूल्य ६४ हजार ९ सय तथा १२८ जिबीको ७२ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। फोन कालो रङ्गमा उपलब्ध छ।
यसका साथै फोनको खरिदमा ग्राहकहरुले निशूल्करुपमा हरेक हप्ता एनसेलको २०० एमबी डाटा प्याक १२ हप्तासम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।