सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट सार्बजनिक गर्दै छ ।
बलिउड कलाकार, भारतका विभिन्न दलका नेता,सरकारी अधिकारी, आइटी कम्पनीका प्रतिनिधिलगायतको उपस्थितिमा एप सार्वजनिक गर्न लागिएको सगुनले जानकारी दिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण सगुनको
फेसबुक पेजमा
लाइभ आइरहेको छ।
सगुनको एप सार्वजनिक कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौलालगायत बेलायत, अष्टेलिया, कोरिया, अमेरिकाका शेयरधनीहरु दिल्ली आइपुगेका छन् । सगुन नेपालबाट पनि केहि प्रतिनिधी दिल्ली पुगेका छन् । सगुनका सहसंस्थापक सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोहको तयारी गरिएको बताए । ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिगको तयारी गरेका छौं,’ उनले भने ।
बेलायतबाट आएका सगुनका सेयरधनी युवराज सेढाईं एप लंचिग तयारी देखेर छक्क परे । ‘यति भब्य तयारी कुनै एउटा प्रोडक्ट लंचिग समारोहको मैले अहिलेसम्म देखेको थिइन,’ उनले भने, ‘यसले पक्कै विश्वको ध्यान तान्ने छ ।’
अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप प्ले स्टोरमार्फत सार्बजनिक गर्न लागेको हो ।
आफूले गरेका बाचा क्रमश पूरा गरेर प्रयोगकर्ताको मन जित्दै आएको सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ । सगुनको मोवाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीको दावी छ । एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ ।
कुराकानीका क्रममा नजिकका मानिससँग धेरै गोप्य कुराहरु सेयर गरिन्छ । जब सम्बन्धमा अनबन हुन्छ, त्यही कुराकानीलाई स्क्रिन सट बनाएर सामाजिक संजालमा छरपस्ट पार्नेहरु धेरै छन् । यस्ता अविश्वासीहरुलाई प्रमाण संकलन गर्न सगुनले अब दिने छैन । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्नसकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।
खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।
यसको अर्को विशेषता आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ ।
यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।
अल इन वन एप जस्तै छ सगुन । अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै गरी सुविधा पाउन सकिनेछ ।
लाइभ भिडियाेकाे लागि यहाँ क्लीक गर्नुहाेस