हुवावेको नोभा टु आई अरोरा निलो रङ्मा पनि पाइने भएको छ। यसअघि यो फोन सुनौलो र कालो रङ्गमा उपलब्ध थियो।
फोनमा ८३ प्रतिशतको ‘स्क्रीन टु बडी’ रेसियो तथा १ः९ आस्पेक्टको फुलभ्यु डिस्प्लेसहित ५.९ इन्चको स्क्रिन छ।
१६ र २ मेगापिक्सेलमा पछाडितर्फको तथा १३ र २ मेगापिक्सेलमा सेल्फी क्यामेरा रहेको फोनमा ८ कोर किरिन ६५९ चिपसेट, ४ जिबीको र्याम र ६४ जिबीको इन्टरनल स्टोरेज क्षमता छ।
एन्ड्रोइड नोगट ७ को अपेरेटिङ सिस्टम भएको यसमा ३ हजार २४० एमएएचको ब्याट्री समावेश गरिएको छ। फोनको मूल्य ३३ हजार ९ सय रुपैंयाँ निर्धारण गरिएको छ।