मोबाइल फोन निर्माता कलर्सले एस सिरिज अन्र्तगतको ‘एस ११’ सार्वजनिक गरेको छ। कलर्सको नेपालका लागि आधिकारिक विक्रेता टेलिटकले सो फोन बजारमा ल्याएको हो।
सार्वजनिक फोनमा ८ मेगापिक्सेल क्षमताका दुई सेल्फी तथा ८ मेगपिक्सेलकै रियर क्यामेरा दिइएको छ।
मेटालिक डिजाइनमा बनेको फोनको डिस्प्ले ५.२ इन्चको स्क्रिन छ भने एन्ड्रोइड नोगट भर्सनको अपेरेटिङ सिस्टममा उपलब्ध छ।
३ जिबी र्याम भएको यस फोनमा १६ जिबी इन्टरनल स्टोरेज क्षमता छ भने ६७३७ डब्लु मिडियाटेक चिपसेट प्रयोग गरिएको छ।
फोनको दुबै साइडमा एक फोरजी र अर्को थ्रीजी गरी दुई वटा सिम कार्ड तथा मेमोरीकार्डका लागि छुट्टै स्लट दिइएको छ।
फोनको मूल्य १६ हजार ४९५ रुपेंयाँ निर्धारण गरिएको छ। फोनको खरिदमा एनसेलको १२०० एमबी डाटा निशूल्क रुपमा प्राप्त गर्न सकिने छ।
तर अनलाइन सपिङ साइट डराज डटकमबाट खरिद गर्दा भने २४ प्रतिशतको छुटसहित १२ हजार ४९५ रुपेंयाँ मात्र पर्ने कम्पनीले जनाएको छ। यसका साथै सो उक्त साइटबाट अर्को पटक कुनै बस्तुको खरिदमा २ सय ५० रुपैयाँ छुट दिइने उल्लेख गरिएको छ।
टेलिटकका निर्देशक प्रतिक जालानले फोन अनुपम विशेषतासहित आएको भन्दै ग्राहकले यसलाई मन पराउने दाबी गरे।