काठमाडौंको मुटु न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा पुरानो र चर्चित मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइलको शोरुम संचालनमा आएको छ।
एक कार्यक्रमका बीच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले उदघाटन गरे।
सो अवसरमा मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए।
केटिएम मोबाइलले ग्राहकहरुको माग र चाहनाअनुसार विभिन्न ब्राण्डका मोबाइल फोनहरु बिक्री बितरण तथा बिक्री पछिको सेवा प्रदान गर्दै जाने बताइएको छ।
शोरुममा ग्राहकहरुलाई आरामदायीरुपमा आफूले चाहेको मोबाइल खरिद गर्नका लागि सहयोग गर्न मोबाइल क्षेत्रमा अनुभवी र दक्ष कर्मचारीहरु राखिएको छ।
शोरुममा कुनैपनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाका साथै हात खाली नजानेगरि उपहारहरु प्रदान गरिने केटिएमले जनाएको छ।
शोरुममा १ हजारदेखि १ लाख ४० हजारसम्मका सेटहरु राखिएको छ। शोरुमको ग्राण्ड ओपनिङ्गको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने बताइएको छ।