चिनियाँ फोन उत्पादक कम्पनी ओप्पोले ‘ए ८३’ मोडलको फोन बजारमा ल्याएको छ। फोनको मूल्य २४ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ।
३ जिबी र्याम र ३ हजार १८० एमएएच ब्याट्री क्षमता भएको फोन कालो र सुनौलो रंगमा उपलब्ध रहेको ओप्पोले जनाएको छ।
८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओप्पो ए ८३ मा आई प्रविधिको प्रयोग गरिएको छ।
यो प्रविधिले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउने ओप्पोले दाबी गरेको छ।
यसमा रहेको स्क्रिन साइज ५ इञ्चको छ। आफ्ना पछिल्ला मोडलका तुलनामा यसको बेजल रेसियो १८ः९ राखी इण्ट्री लेभल फोनमै फुल स्क्रिन कम्पनीले दिएको छ।
सार्वजनिक फोनमा फेस अनलक सुविधा पनि उपलब्ध गराइएको छ। यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै अनलक गर्न सकिन्छ। औँला भिजेको वा हात व्यस्त रहेको अवस्थामा फोन उठाउनुपर्दा यसले विशेष सहजता प्रदान गर्छ।
ए ८३ को डिजाइन यूएफओमा आधारित भएर गरिएको कम्पनीले जनाएको छ। फोनमा ३ जीबी र्याम प्रदान गरिएको छ। यसमा दुई नानो सिम र एक थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ।
एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जिबी सम्म बढाउन सक्छन्। फोनमा प्रयोग गरिएको नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली छ।