कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको क्यान इन्फोटेक २०१८ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको प्रदर्शनी ४ लाखले अवलोकन गरेको क्यान महासंघले जानकारी दिएको छ। अन्तिम दिन मंगलबारमात्र ९४ हजारले अवलोकन गरेको महासंघका महासचिव रञ्जित पोदारले जानकारी दिए।
रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्ध्योग बाणिज्य महासंघको, अध्यक्ष, भवानी राणा, नेपाल उद्ध्योग बाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष, शेखर गोल्छा, कलाकार मदनकृष्ण श्रेष्ठले आजै अवलेकन गरेका थिए।
ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने क्यान्को विश्वास छ।
२४औं संस्करणको इन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका पोदारले बताए। यसरी भित्रिएका प्रविधिको बारेमा उपभोक्ताले एकैठाउँबाट जानकारी पाएको उनको भनाइ छ।
प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाइस्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ क्येयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बनेको क्यानले जानकारी दिएको छ।