चिनियाँ मोबाइल फोन उत्पादक कम्पनी ओप्पोले फाईभजी नेटवर्क सपोर्ट गर्ने फोन निर्माणका लागि क्वालकम टेक्नोलोजीसँग सहकार्य गर्ने भएको छ।
चीनमा आयोजित ‘क्वालकम टेक्नोलोजी डे’ मा ओप्पोका सिइओ टोनी छनले सो घोषणा गरेका हुन्।
यसमार्फत क्वालकम टेक्नोलोजीले विश्वभर ओप्पोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेन्सी फ्रन्ट ईन्ड फिल्ड मार्फत फाइभजी मोबाइल प्रदान गर्न सघाउने कम्पनीले उल्लेख गरेको छ।
आफ्ना प्रयोगकर्ताका माग तथा आवश्कता सम्बोधन गर्न फाइभजी उत्पादनका लागि तयारी तथा अन्य अत्याधुनिक प्रविधिका लागि निरन्तर प्रयासरतमा रहेको कम्पनीले उल्लेख गरेको छ।
बेइजिङमा गत जनवरी १६ मा चीनको तीन प्रमुख मन्त्रालयद्वारा स्थापित आईएमटी–२०२० (५जी) प्रोमोसन गु्रपले फाइभजी प्रविधि आरएन्ड डी ट्रायल फेज थ्री स्पेसिफिकेसन्स सार्वजनिक गरेको थियो।