कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले लामो समयदेखि तयारी गरिरहेको फोल्डेबल फोन यसै वर्ष ल्याउने योजना बनाएको छ।
सामसङले गत वर्ष (२०१७) मा गरेको कमाईको विवरण सार्वजनिक गर्दै फोल्डेबल डिस्प्ले र बिक्सबीमार्फत प्रतिस्पर्धी कम्पनीलाई उछिनेर कमाईलाई नयाँ उचाई दिने लक्ष्य राखेको छ।
सामसङले गत वर्षमा ५०.४३ बिलियन डलर कमाई गरेको छ, जसमा प्रमूख योग्दान चिप व्यवसायको रहेको छ। फोनमार्फत मात्रै सो वर्ष कम्पनीले करिब २.२६ बिलियन डलर आर्जन गरेको छ।
सामसङले फोल्डेबल डिस्प्ले निमार्णमा सन् २०१४ देखि नै कार्य गरिरहेको छ भने यस सम्बन्धमा उसले थुप्रै ‘प्याटेन्ट’ समेत दर्ता गरिसकेको छ।