नेपाल टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना ल्याएको छ। टेलिकमले ल्याएको यस योजना अन्र्तगत ग्राहकले फोन गरिरँदा ब्यालेन्स सकिएको खण्डमा समेत कल काटिने छैन्।
नमस्ते क्रेडिट नाम दिइएको यस योजनामा त्यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गर्दा काटिने टेलिकमले जनाएको छ। रिचार्ज गरेपछि फोनमा खर्च भएको रकम मात्रै कटौती हुने र अन्य थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ।
यस योजनाको व्यवसायिक सुरुवात भने एक महिनापछि बाट मात्र हुने कम्पनीले स्पष्ट पारेको छ।