नेपाल टेलिकमको सिमबाट फोन तथा इन्टरनेट चलाएर सबैभन्दा बढी पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको छ। २०७३ साउनदेखि २०७४ असारसम्म उनीहरुले फोनबाट गरेको खर्चको आधारमा व्यक्तीगत र संस्थागतरुपमा सम्मान गरिएको हो।
१४ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा टेलिकमले विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरेको छ।
उक्त वर्ष पोष्टपेड मोबाइल सेवातर्फ सबैभन्दा धेरै खर्च गर्ने नपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रिपेडमा पत्रकार पुष्प दुलाल रहेका छन्।
टेलिकमका अनुसार सो अवधिमा घिसिङले १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन तथा डाटा चलाएका छन् भने दुलालले ६४ हजार रुपैयाँको। दुलाल क्लीकमान्डु डटकमका कार्यरत पत्रकार हुन्।
त्यस्तै पोष्टपेडतर्फ संस्थागतमा सबैभन्दा धेरै सुर्य नेपालले खर्च गरेको छ। उसले ९ लाख ८७ हजार बिल तिरेको टेलिकमले जनाएको छ।