वर्ल्डलिंकले इन्टरनेटको माध्यमबाट घरमै बसेर विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वर्ल्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ योजना सञ्चालनमा ल्याएको छ।
समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले यो सेवा मिदास ई–क्लाससँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो।
यो सेवामार्फत परम्परागत रुपमा हुँदै आएको पठनपाठन प्रणालीमा सुधार गरी विद्यार्थीहरुलाई आधुनिकतातिर अग्रसर गर्ने उद्देश्यय राखिएको कम्पनीले बताएको छ।
यो सेवामा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसेर भिडियो र अडियोको माध्यमबाट पढ्न सक्ने बताइएको छ।
विद्यालयस्तरका विद्यार्थीहरुको इन्टरनेट प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर योजना ल्याइएको वर्ल्डलिंकले जनाएको छ। उसका अनुसार यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्नेछन्।