सामसङ नेपालले ग्यालेक्सी सिरिज अन्र्तगतको जेटु मोबाइल फोरजी एडिसनमा बजारमा ल्याएको छ।
फोरजी फोनमार्फत तिव्र गतीमा इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ। फोनमा ४.७ इन्चको क्युएचडी सुपर एमोलेड डिस्प्ले, १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर, एक जीबीको र्याम तथा २ हजार एमएएच पावरको ब्याट्री दिइएको छ।
एलइडी फ्ल्यास, अपेचर एफ २.२ सहितको ५ मोगापिक्सलको पछाडितर्फको क्यामरा भएको यस फोनमा २ मोगापिक्सलको सेल्फी क्यामरा छ। यसले कम प्रकाश भएको अवस्थामा पनि उत्कृष्ट तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ।
यो फोनमा भएको क्यामरामा सेल्फी खिच्नको लागि छुट्टै मोड उपलब्ध छ। यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाई आफू तर्फ फर्काएर फोटो खिच्न सकिन्छ ।
गोल्ड तथा व्ल्याक रंगमा उपलब्ध फोनको मूल्य ११ हजार २९० रुपैंयाँ निर्धारण गरिएको छ।